आयल निगमलाई पूर्णरुपमा प्रविधिमैत्री गराई सेवा प्रवाह अझै प्रभावकारी बनाउन आवश्यक: सचिव मरासिनी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमरा परासिनीले नेपाल आयल निगमलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोडदिएका छन् ।
निगमका संचालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले आयल निगमले आगामी दिनमा भण्डारण क्षमता वृद्धि गरि आम उपभोत्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने बताएका हुन् ।
नेपाल आयल निगमको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले स्थापनाकालदेखि नै निगमले सेवा प्रवाह सुधारमा भरमग्दुर प्रयास गरिरहेको बताए । उनले भने,–‘निगमले आगामी दिनमा भण्डारण क्षमता वृद्धि, पाइपलाइन विस्तार, निगमलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउने र देशका कुना कुनासम्म सेवा विस्तार गर्न सक्रियताका साथ लाग्नुपर्छ ।’
सोही अवसरमा उनले देशभर पेट्रोलियम पदार्थको आपूर्ति एवं वितरणमा निगमले गरेको योगदान निकै महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदानका लागि आग्रह समेत गरेका छन् । विभिन्न काल खण्डमा निगमले प्राकृतिक प्रकोप, आपूर्तिमा व्यवधान, वित्तीय व्यवस्थापनमा संकुचन एवं भुकम्प र कोरोना संक्रमणको संकटकालिन बेलामा पनि आफ्ना दायित्व सशक्त रुपमा पुरा गर्दै उपभोक्ताको हित र सहजता, संरक्षणका लागि काम गर्दै आएको सचिव मरासिनीले बताए ।
संस्थाको सुधारका लागि सेवा प्रवाह नै मुख्य रहेकाले उपभोक्ता हित र सहजताका लागि निगम तथा पेट्रोलियम पदार्थका डिलरहरुले काम गर्नुपर्ने उनको भनाई थियो । उनले भने,–‘जनतामाँफ पुर्याउने सेवा सुविधा र सहजताका लागि दिर्घकालिन काम गर्नुपर्छ । सेवा प्रवाहमा कुनै खालका कमि आउनु भएन ।’ उनले थपे–‘सुधारको विकल्प सुधार नै हो, यसमा गुणात्मक सुधार तर्फ नै हामी केन्द्रित हुनुपर्छ । यसका लागि सम्वन्धित निकाय र सरोकारवालासंग सन्वय, सहकार्य गरि अघि बढ्नु आवश्यक छ ।’
पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने डिलरहरुले पनि अधिकतम प्रविधिको प्रयोग गरि सुविधा गृहको रुपमा विकसित हुन आवश्यक रहेको मरासिनीको भनाई छ ।













