पेट्रोलियम पदार्थको मूल्य अपेक्षा अनुरुप तलमाथि गर्न सकिदैन, अन्तर्राष्ट्रिय परिस्थितिले निर्धारण गर्छ: निर्देशक थानी
काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले उपभोक्ताले अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण नहुने बताएका छन् ।
निर्देशक थानीले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य निर्धारण गर्ने कुरा निगमको हातमा नभई अन्तराष्ट्रिय परिस्थितिले पनि निर्धारण गर्ने हुादा मूल्यमा अपेक्षा गरे अनुरुप तलमाथि नहुने बताएका छन् ।
उनले आयाल निगमको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने,–अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा केही कमी आएकाले हालैमात्र डिजेल, पेट्रोल र मत्तितेलको मूल्य घटाइएको छ।’
केही वर्ष कोरोनाले नकारात्मक असर पारेकोमा यस वर्ष रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा अनपेक्षित मूल्य वृद्धि भई निगमको वित्तीय अवस्थामा नकरात्मक प्रभाव पारेको उनले बताए । निगमले घाटा सहेर भए पनि पर्याप्त आपूर्ति गरी उपभोक्ताको माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको जानकारी गराए ।

उनले भने,– ‘गतिशील संस्थाको रुपमा निगम सधै यथावत् रुपमा रहन सक्दैन । त्यसैले भण्डारण क्षमताको विस्तार, डिपोहरुको आधुनिकीकरणका साथै मानव संसाधनको विकास र आधुनिकीकरण, सूचना नयाँ नयाँ योजना कार्यान्वयन तर्फ विशेष ध्यान पुयाउदै आएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिईनेछ ।’
उनले जस्तोसुकै विषम परिस्थितिमा पनि निगमले सहजताका सथा देश तथा आम उपभोक्ताहरुको स्वाभिमान तथा हितमा निरन्तर काम गर्दै आएको बताए । आफ्नो उदेश्य पेट्रोलियम पदार्थमा सहजता, शुद्धता र पारदर्शितालाई कार्यरुपमा परिणत गरि देशभरका ग्राहकलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकेकोमा खुशी व्यक्त गरे ।













