अजोड इन्स्योरेन्स: प्रभुलाई धोका दिएर युनाइटेडसंग एमओयू, नाम युनाइटेड अजोड, स्वाप रेसियो कति ?
अजोड इन्स्योरेन्स: प्रभुलाई धोका दिएर युनाइटेडसंग एमओयू, नाम युनाइटेड अजोड, स्वाप रेसियो कति ?
काठमाडौं । प्रभु इन्स्योरेन्सलाई धोका दिएर अजोड इन्स्योरेन्सले युनाईटेडसंग मर्जर सम्झौता गरेको छ ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जरको मर्जर प्रक्रिया तोडिएको हो । गत असार ३२ गते एक आपसमा मर्जरमा जाने समझदारी गरेका प्रभु र अजोडको मर्जर प्रक्रिया भाँडिएको हो ।
यी दुवै कम्पनी १००ः७० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो । तर, मंगलबार यो प्रक्रिया भाँडिएको हो ।अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कर्मचारीहरुलाई उचालेर मर्जर भाँडेका हुन् । प्रभुसंग सीईओ, स्वाप रेसियो, नाम र संचालकमा सहमति नजुटेपछि मर्जर तोडिएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ केसीले प्रभुसंग मर्जरमा जाँदा सीईओ पद नपाउने भएपछि मर्जर प्रक्रिया भंग गरेका हुन् । समझादारी पत्रमा उल्लेख भएअनुसार मर्जरमा जान अजोडले नमानेपछि प्रक्रिया तोडिएको हो ।
प्रभुसंगको मर्जर तोडेर अजोड इन्स्योरेन्सले युनाईटेड इन्स्योरेन्ससंग समझदारी गरेको छ । अजोड र युनाईटेड इन्स्योरेन्स मर्जरमा जानका लागि मंगलबार नै समझादारी पत्रमा हस्ताक्षर भएको बताइएको छ । अजोड र युनाईटेड १००ः९० को अनुपातमा मर्जरमा जाने सहमति गरेको बताइएको छ । अजोड इन्स्योरेन्स नाम बिलय गराउने तर, सीईओ चाँहि आफ्नो तर्फबाट बनाउने भएको बुझिएको छ । युनाईटेड र अजोड मर्जपछि कम्पनीको नाम युनाईटेड अजोड राख्ने सहमति भएको छ ।













