अन्ततः घट्यो बैंकहरुको ब्याजदर, अब कुनमा कति ?
काठमाडौं । बैंकहरुको ब्याजदर घट्ने भएको छ । आगामी माघ १ गतेदेखि लागू हुनेगरि नेपाल बैंकर्स सघंले ब्याजदर घटाएको हो ।
बुधवार सम्पन्न नेपाल बैंकर्स संघको विशेष साधारणसभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । संघका अनुसार माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो ।
माघ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गर्ने भएका छन्।













