बिवाईडीको नयाँ गाडी ‘सिल’ इभि सेडान भारतमा सार्वजनिक: नेपालमा पनि छिट्टै आउने, रेञ्ज र मूल्य कति ?
काठमाडौं । भारतीय बजारमा नयाँ विद्युतीय गाडी सार्वनिक भएको छ । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीले नयाँ सिल इभी सेडान सार्वजनिक गरेको हो ।
भारतमा जारी अटो एक्स्पो २०२३ मा सो गाडी प्रदर्शनीमा राखेको छ । कम्पनीका अनुसार अब छिट्टै नै बजारमा उपलब्ध गराउने जनाएको छ । सिल इभी सेडान अब नेपाली बजारमा पनि छिट्टै आउने कम्पनीले जनाएको हो । कम्पनीले पहिलो पटक आफ्नो सिटिबी (सेल टू बडी) प्रविधि प्रयोग गरेको जनाएको छ ।
यो गाडीमा दुई वटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ । गाडी ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर ब्याट्री प्याक रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६१.४ किलोवाट आवर ब्याट्री प्याक जडित गाडीले ५५० किलोमिटर र ८२.५ किलोवाट आवर ब्याट्री प्याक जडित गाडीले ७०० किलोमिटरको रेन्ज दिने छ ।
गाडी जम्मा ३.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्छ । गाडीको लम्बाई ४ हजार ८०० एमएम, चौढाई १ हजार ८७५ एमएम र उचाई १ हजार ४६० एमएम रहेको छ ।
गाडीको बाहिरी र भित्री डिजाइन आकर्षक छ । यसको भित्रपट्टी १५.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हेड–अप डिस्प्ले पनि दिइएको छ । कम्पनीले यो गाडीको मूल्य भने निर्धारण गरेको छैन । यद्यपि, ७० लाख भारु हुने अनुमान गरिएको छ ।













