११ श्रावण २०८३, सोमबार

अझै अलमलमै बीमा कम्पनीहरुको मर्जरको प्रक्रिया, किन अल्झियो एकीकृत कारोबार ?

अझै अलमलमै बीमा कम्पनीहरुको मर्जरको प्रक्रिया, किन अल्झियो एकीकृत कारोबार ?



काठमाडौं । मर्जर सम्झौता गरेका बीमा कम्पनीहरुले प्रक्रिया अघि बढाउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणबाट मर्जर सहमति पाएका एक दर्जन बीमा कम्पनीको एकीकृत कारोबारका लागि कुनै सुरसार नदेखिएको हो ।

प्राधिकरणमा एकीकृत कारोबारको मिति बुझाए पनि कम्पनीहरुले प्रक्रिया अघि नबढाएका हुन् । अधिकांश कम्पनीहरुले एकीकृत कारोबारका लागि तय पूर्वनिर्धारित मिति पनि सार्दै आएका छन् ।

हाल प्राधिकरणबाट सहमति पाएका ११ वटा बीमा कम्पनीको मर्जर प्रक्रिया अझै अल्झिएको छ । कम्पनीहरुले एकीकृत कारोबारका लागि प्राधिकरणमा विवरण बुझाए पनि कुनै सुरसार देखाएका छैनन् ।

हालस ७ जीवन बीमा र ४ वटा निर्जीबन बीमा कम्पनीको मर्जर प्रक्रिया अघि बढ्न सकेको छैन । हाल मर्जर सम्झौता गरेका गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ, रिलायन्स र सानिमा, महालक्ष्मी लाइफ र प्रभु सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीहरुको एकीकृत कारोबार हुन् बाँकी छ । उनीहरुले एकीकृत कारोबारका लागि विवरण पठाएता पनि हालसम्म कुनै प्रक्रिया अघि बढाएका छैनन् ।

कम्पनीहरुले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) लगायतका कार्यहरु भईरहेको र केही काम अन्तिम चरण पुगेको भन्दै यसअघि तोकिएको एकीकृत कारोबारको मिति सार्न थालेका छन् ।

गत असोज महिनादेखि नै एकीकृत कारोबार सुरु गर्ने भनेका गुराँस लाइफ, युनियन र प्राइम लाइफले मिति सार्दै आएको छ । तर, तोकिएको सो मिति पनि एकीकृत कारोबार गर्न नसेकेपछि पुसदेखि थालनी गर्ने बताउँदै आएको थियो । यी तीनै वटा कम्पनीहरुले गत वैशाख २९ गते मर्जर सम्झौता गरेका थिए । मर्जरमा जानका लागि यी तीन वटा कम्पनीहरुले मर्जरका लागि बीमा प्राधिकरणबाट गत जेठ ३ गते सैद्धान्तिक सहमति पाएका थिए ।

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी बिच पनि मर्जरको सहमति भएको छ । कम्पनीहरुले पनि एकीकृत कारोबार गर्न सकिरहेका छैनन् । कम्पनीले बीमा प्राधिकरणबाट गत असार २९ गते पहिलो पटक सैद्धान्तिक सहमति पाएका थिए । यी दुबै कम्प्नीबीच मर्जरका लागि डिडिए भइरहेको छ । कम्पनीले पुसदेखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाएको थियो ।

यस्तै, गत असार ३० गते नै मर्जर सम्झौता गरेका महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले पनि एकीकृत कारोबार गर्न सकेका छैनन् । यी दुवै कम्पनीले मर्जरमा जानका लागि गत असार ३० गते सम्झौता गरेका थिए । मर्जरको लागि गत साउन १ गते समितिबाट मर्जरको लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीहरूले आगामी पुसदेखि मात्रै एकीकृत कारोबार सुरु गर्ने बताउँदै आएका थिए ।

यता, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा जानका लागि गत असार ३० गते सम्झौता गरेका छन् । यी दुवै कम्पनीहरूले पनि बीमा प्राधिकरणबाट गत असार ३० गते सैद्धान्तिक सहमति लिएका थिए । तर, एकीकृत कारोबार भने माघ देखि नै सुरु गर्नेगरि तयार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकीकृत कारोबारका लागि सबै प्रक्रिया पुरा गर्ने चरण रहेको बताए ।

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मर्जरमा जानका लागि गत असार २७ गते सम्झौता गरेका छन् । मर्जरमा जानका लागि यी दुवै कम्पनीहरुले बीमा प्राधिकरणबाट गत साउन २८ गते सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरुले डिडीए लगायतको कामहरु अन्तिम चरण रहेकाले माघ दोस्रो साताभित्र एकीकृत कारोबार सुरु गर्ने बताइएको छ । यी दुवै कम्पनी मर्जरका लागि अन्तिम सहमति भइसकेको प्राधिकरणले जनाएको छ ।