साल्ट ट्रेडिङ कर्पोरेशनद्धारा लाभांश घोषणा, बोनस १० प्रतिशत दिदाँ नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २८ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभाश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।














