७ श्रावण २०८३, बिहिबार

शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, आज ३ लाख ८३ हजार कित्ता बिक्री, मूल्य कति ?



काठमाडौं । शेयर बजार आज भारी अकंले ओरालो लागेको छ । नेपाली काग्रेसले सरकारलाई विश्वासको मत दिए पछि एमालेबाट अर्थमन्त्री भएका विष्णु पौडलको पदलाई लिएर लगानीकर्ता निराश बनेको छन् ।

अहिले सेयर बजारले प्रधानमन्त्री प्रचण्डलाई होइन, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बढी विस्वास गरेको हो । ब्यापारीसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने र राष्ट्र बैंकको नेतृत्वलाई समेत आफ्नो प्रभावमा राख्नसक्ने पौडेलले बजारको भविष्यलाई उज्वल पार्छन् भन्ने आशा धेरैले गरेका थिए ।

शेयर बजार ओरालो लागेपनि आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । साताको अन्तिम कारोबारको दिन को २२ करोड २० लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । सो दिन कम्पनीको ३ लाख ८३ हजार ३५७ कित्ता सेयर किनबेच भएको छ ।

आज कम्पनीको सेयर मूल्य भने घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले अर्थात ४.०७ प्रतिशतले घटेर ५६६ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्