थप दुई कम्पनीको लाभांश परिमार्जन, अब कुनको बोनस र नगद कति ?
थप दुई कम्पनीको लाभांश परिमार्जन, अब कुनको बोनस र नगद कति ?
काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको हो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले अघि प्रस्ताव गरेको लाभांश संशोधन गरी रहेको चुक्तापूँजीको १२.४० प्रतिशत बोनस र ०.६५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
यसअघि कम्पनीले १२.५० प्रतिशत बोनस र ०.३१७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । प्रस्तावित लाभाश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित गर्नु पर्नछ ।
यस्तै, यूनियन लाइफ इन्स्योरेन्सको बोनस सेयर परिमार्जन भएको छ ।
कम्पनीको पुस १२ गतेको संचालक समितिको बैठकले २०७७/७८ को मुनाफा अनुसार चुक्तापूँजीको ८.६५ प्रतिशत बोनस र ०.४५५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
तर, प्राधिकरणको निर्देशनपछि कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको ८.९७ प्रतिशत बोनस दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश पाउन कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ ।













