एनआइबिल ग्रोथ फण्ड बाँडफाँट, ४२ हजार भन्दा बढीले पाए - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइबिल ग्रोथ फण्ड बाँडफाँट, ४२ हजार भन्दा बढीले पाए



काठमाडौं । एनआइबिल ग्रोथ फण्ड बाँडफाँट सम्पन्न गरेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” आज (माघ ३ गते) बाँडफाँ गरेको हो ।

उक्त फण्ड पुष ७ गतेबाट खुल्ला भई पुष २१ बाट बिक्रि बन्द भएको थियो । सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५,८३० जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढिको ईकाइ खरिदका लागी आवेदन परेको थियो । जसमा ३ हजार ७२३ जनाको आवेदन रद्ध भएको थियो भने ४८ जनाको दोहोरो आवेदन परेकाले रद्ध भएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रितपूर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदक हरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गरिएको थियो । ६३ लाख २१ हजार थप गरी योजनाको आकार १ अर्ब ३२ लाख कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।

वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पूँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बावजुद यस योजनामा आम लगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको क्यापिटलले जनाएको छ । उत्साह यस अघि हालै निष्कासित केहि फण्डका योजनाहरुमा देख्न पाईएको थिएन् जसको प्रमुख कारणको रुपमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत हाल संचालित योजनाहरुले आफ्ना इकाईधनीहरुलाई निरन्तर रुपमा प्रदान गरीरहेको प्रतिफलकाबिच लगानीकर्ताहरुमा यस फण्डका योजनाहरु प्रति स्थापित उच्च विश्वास रहेको पाईएको छ ।

१० बर्षे समयावधिका लागी जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्