‘प्रचण्ड’ सरकारमा एमालेबाट नयाँ अनुहार मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेले पनि मन्त्रको नाम टुंगो लगाएको छ ।
मन्त्रिपरिषदमा एमालेका एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री बन्दैछन् । एमालेले एक जना बाहेक सबै मन्त्रीमा नयाँ अनुहार बनाँदैछ । एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उपप्रधान तथा अर्थमन्त्री बनिसकेका छन् । यसबाहेक एमालेबाट सात मन्त्री र एक राज्यमन्त्रीमा नयाँ अनुसार देखिनेछ ।
एमालेका पदम गिरी स्वास्थ्यमन्त्री बन्दैछन् । डा. विमला राई पौडेललाई परराष्ट्र मन्त्रालयको नेतृत्व दिइँदैछ । यस्तै, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला बालबालिका, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दैछन् ।
आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।













