शुभम पावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । शुुभम पावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गरेको हो ।
कम्पनीले १ सय रुपैयाँका दरले ५८ हजार ५८ कित्ता साधारण शेयर बाँडफाँट गरेको जनाएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि गत पुष ६ गतेदेखि पुष २० गतेसम्म खरीद आव्हान गरिएको थियो । तोकिएको अवधि भित्र प्राप्त ९ हजार २ सय ८२ जना आवेदकहरुबाट ४ लाख ४७ हजार ९ सय ७० कित्ता साधारण शेयरको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक आवेदन दिने ९ हजार २ सय ८० जना आवेदकहरुबाट प्राप्त भएको ४ लाख ४७ हजार ९ सय ४० कित्ता बाँडफाँडको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये ५ हजार ८ सय ५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी ५८ हजार ५८ कित्ता शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको उक्त आइपीओ नतिजा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेवसाइट https://muktinathcapital.com/ बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।













