बम्पर लाभांश दिएको रिडी पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले ४० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत (१ः० ५० अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको हो । संचालक समितिको प्रस्ताव विद्युत नियमन आयोगमा अनुमतिका लागि पेश गराएको रआयोगले स्वीकृति दिएमा उक्त हकप्रद प्रस्ताव सभामा पेश हुनेछ ।
त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरीद गर्ने र कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी विक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेको हुदाँ माघ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।













