नेपाल इलेक्ट्रिक पावर लाइट्स प्रदर्शनी सुरु, व्यापार वृद्धि र नयाँ प्रविधि भित्र्याउन सहयोग पुग्ने विश्वास
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एण्ड हेल्थ प्रदर्शनी सुरु भएको छ ।
नेपालमा पहिलो पटक वृहत अन्तर्राष्ट्रिय उर्जा र विद्युत औषधोपचार, स्वाथोपचार तथा फार्मेसीसंग सम्वन्धित प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना गरिएको हो ।
सो प्रदर्शनीको उद्घाटन उपप्रदान तथा उर्ज जलस्रोत, तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले गरेका छन् । सो अवसरमामा उनले गुणस्तरीय प्रविधि भित्र्याउन र नेपालीको व्यापार प्रवद्धर्नमा प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । नेपालको विद्युत नेपालमै खपत गर्नुपर्नेमा उनले जोड दिएका थिए । विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्नेमा जोड दिए । उनले भने,–‘विद्युतीय सामग्रीको प्रयोग अत्याधिक बढाउनुपर्छ । सरकारले पनि सोही अनुसार नै वातावरण बनाउछ । अब विद्युतीय उपकरणको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छ ।’
प्रदर्शनीले राष्ट्रको व्यापार वृद्धि, नयाँ नयाँ प्रविधि भित्र्याउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरेका थिए । ‘नव गठित सरकारले लगानी मैत्री वातावरण निर्माण गर्छ, अब उद्योग दर्ता, कुनै पनि काम र प्रक्रियाहरु लामो समयका लागि जानुपर्ने, फाइल घुमिराख्नुपर्ने जस्तो कार्यको अन्त्य हुन्छ। अब एउटै टेबलबाट सबै काम हुने सहज वातावरण बनाउछौं’–मन्त्री लिङ्देनले भने ।
उनले उद्योगी व्यवसायीहरुलाई ढुक्कसंग लगानी गर्न आव्हान समेत गरेका छन् । उनले भने,–‘ देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण बनेको छ, ढुक्कसँग लगानी गर्नुहोस् ।’
सो अवसरमा उनले विदेशी लगानीकर्ताहरुलाई पनि ढुक्कसंग लगानी गर्न आव्हान गरेका छन् । मन्त्रीले लिङ्देनले देशमा लगानी मैत्री वातावरण भएकाले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा सरकारले लिने प्रतिवद्धता जनाएका थिए ।
सो प्रदर्शनी माघ ८ गते आइतबारसम्म संचालन हुनेछ । स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको व्यापक सहभागिता रहेको छ ।













