रिडी ग्रुपको लगानीमा ‘रिडी लाउञ्ज’ सञ्चालनमा, अर्गानिक खानपिन र काठमाडौं उपत्यकाको भ्यू हर्न सकिने
काठमाडौं । अर्गानिकी खानासहितको रिडी लाउञ्ज सञ्चालनमा आएको छ । ललितपुरको ज्वालाखेल स्थित ताम्रकार समाजको भवनमा रहेको उक्त लाउञ्ज शनिबारदेखि सञ्चालनमा आएको हो ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । रिडी ग्रुपका अध्यक्ष मान बहादुर बुढा, लोक गायिका कविता आले सहित लाउञ्जका सेयरधनी र सञ्चालकहरुको उपस्थतिमा लाउञ्ज उद्घाटन गरिएको थियो । स्वस्थ्य जीवनका लागि अर्गानिक खानपिन भन्ने स्लोगन सहित रिडी लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।
लाउञ्जमा रिडी ग्रुपको मुख्य लगानी रहेको छ । यसका अलावा २९ जनाले व्यक्तिगत रुपमा लगानी गरेका छन् । लाउञ्जमा एकै पटकमा १५० जनालाई खाना/खाजा खुवाउन सकिने छ । साथै, एक पटकमा ३०० जनासम्मको संख्यामा पार्टी आयोजना गर्न सकिने छ । यसका अलावा लाउञ्जमा २५ जना क्षमता भएको बैठक हल समेत रहेको छ ।
यसैगरि बच्चाहरु खेल्नको लागि पनि छुट्टै हल व्यवस्था गरिएको रिडी लाउञ्जको भनाइ छ । साथै, लाउञ्जको माथिबाट बिभिन्न हिमालसहित काठमाठौं उपत्यकाको भ्यू हेर्न सकिने संचालक गजिन चालिसेले जानकारी दिए ।
लाउञ्ज अध्यक्ष झकेन्द्र घर्तीमगरले अर्गानीन खानाको प्रवद्र्धन गर्ने उद्देश्य सहित लाउञ्ज सञ्चालनमा ल्याएको बताए । ‘बढ्दो रेष्टुरेन्ट कल्चरले अर्गानिक खानाको लोभ हुदैं गएको छ, सोही अर्गानिक खानालाई प्रवद्र्धन गर्ने उद्देश्य सहित यो सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘यहाँ खाना, खाजा लगायतका सम्पुर्ण खाद्यन्न बस्तु अर्गानिक, स्वच्छ हुनेछ ।’ यसैगरि कलाकार मदनकृष्ण श्रेष्ठले अर्गानिक खानाको प्रवद्र्धनमा लाउञ्ज साच्चै योगदान गर्ने बताए ।













