एक कम्पनीको लाभांश तपाईको खातामा आयो, छैन भने यसो गर्नुहोस्
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांह पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कर प्रयोजन सहित ५ नगद लाभांश जम्मा गरेको हो ।
कम्पनीले लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश खातामा पठाइने छ ।













