७ श्रावण २०८३, बिहिबार

माया खोला हाइड्रोपावरको आइपीओमा झण्डै १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा ९३ करोड १८ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ १५ गते) सम्ममा ८ लाख ७ हजार ६९३ जनाले ९३ लाख १८ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ४.४७ गुणा बढी आवेदन हो ।

कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गरेको हो। जस मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्