शिवम् सिमेन्ट्सको लाभांश सेयरधनीको खातामा जम्मा
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले यस वर्षको नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीले गत पुष २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाबाट कर समेत १०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न सुरु गरेको छ ।
नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराएन कम्पनीले अनुरोध गरेको छ ।













