डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन चयन
काठमाडौं । डिश मिडिया नेटवक प्रालि (डिशहोम) ले अध्यक्षमा देवी प्रकाश भट्टचनलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स व्यवसाय संचालन गरिरहेका छन् । अहिले उनी प्रतिनिधिसभा सदस्यसमेत छन् ।
यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए ।













