२५ श्रावण २०८३, सोमबार

हिमालयन बैंकले निकाल्यो यस्तो सूचना !



काठमाडौं । हिमालयन बैंकले सामाजिक संजाल र विभिन्न एपहरुबाट हुन सक्ने ठगीबाट सावधानी अपनाउनका लागि सचेत गराएको छ ।

पछिल्लो समय बैंकको नाम र लोगो अनधिकृत रुपमा प्रयोग गरि विभिन्न साजाजिक सञ्जालमा विभिन्न प्रकारका गेमिङ र गेमविलिङ सम्वन्धी सामाग्रीहरु प्रकाशित भएको भन्दै सचेत गराएको हो । यस्ता सामाग्रीहरुमा बैंकको कुनै पनि किसिमको संलग्नता नरहेको जनाउँदै कपोलकल्पित सामाग्रीको पछि नलाग्न ग्राहकलाई अनुरोध गरेको छ ।

बैंकले कुनै पनि अज्ञात एपहरु इन्स्टल नगर्न र मोबाइलमा प्राप्त हुने कुनै पनि किसिमको कोड वा ओपिटी कसैलाई पनि सेयर नर्गन अनरोध गरेको हो ।