२५ श्रावण २०८३, सोमबार

एक कम्पनीको ४२ प्रतिशत लाभांश छुट्ला है, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । रिडी पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुधवार बुक क्लोज गर्ने भएको छ । सो कारण आजसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ ।