तपाईको खातामा एक कम्पनीको २१.३१५ प्रतिशत लाभांश आयो, छैन भने यसो गर्नुहोस् !
काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न ४८औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१.३१५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष ७ गते बुक क्लोज गरेको हुदाँ पुष ६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ ।
साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैक खाता अद्यावधिक पछि मात्र जम्मा गरिने कम्पनीले प्रकाशित गरेको सूचनामा भनिएको छ ।













