कालिञ्चोकको आइपीओ बिहिबार बाँडफाँटः ८९ हजार आवेदक मालामाल, साढे १३ लाखको हात खालि
काठमाडौं । कालिञ्चोक दर्शन कम्पनी लिमिटेडको आईपीओ बिहीवार (माघ १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ९ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । ईपीओमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८९ हजार ६४० जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि रू।१० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
जसमध्ये ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।













