पुर्वाञ्चल ल्यूव आयलले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन ।
सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गरी रहेको छ । हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी रही बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्यु्रबीकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्यु्रबीकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विभिन्न प्रकारका एीइ ब्राण्डको ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।













