१५ कार्तिक २०८३, आइतबार

शुभम् पावरको आइपीओमा झण्डै १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो १ः३० बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारण आवेदकले ८९ लाख ८१ हजार ७ सय ४० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले माघ १८ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।उक्त आइपीओमा छिटोमा माघ २२ गते वा सो अवधिसम्ममा माग बमोजिको आवेदन नपरेमा फागुन ३ गतेसम्म लम्बिनेछ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।