२० प्रतिशत खर्च कटौती गर्न सबै स्थानीय तहलाई परिपत्र - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२० प्रतिशत खर्च कटौती गर्न सबै स्थानीय तहलाई परिपत्र



काठमाडौं । सरकारले अनिवार्य दायित्व बाहेक २० प्रतिशत खर्च कटौती गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शुक्रबार संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशका सम्पूर्ण स्थानीय तहलाई खर्च कटौती गर्न परिपत्र गरेको हो ।


सरकारले जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई आर्थिक वर्ष २०७९/८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्न देशभरका जिल्ला समन्वय समिति र ७५३ वटा स्थानीय तहलाई परिपत्र गरेको छ ।

कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च, इन्धन खर्च लगायतमा २० प्रतिशत खर्च कटौती हुने बताइएको छ ।

यस्तो छ परिपत्र


प्रतिक्रिया दिनुहोस्