९ श्रावण २०८३, शनिबार

शुभम् पावरको आइपीओमा अन्तिम दिनसम्म साढे १ अर्ब संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड ७३ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ २२ गते) सम्ममा १३ लाख ६० हजार ९७ जना सर्वसाधारण आवेदकले १ करोड ५० लाख ७३ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ३१.२८ गुणा बढी आवेदन हो ।

कम्पनीले माघ १८ गतेदेखि आजसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्