७ श्रावण २०८३, बिहिबार

सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ७४ हजारले पाए १० कित्ता



काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज (माघ २३ गते) आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

आईपिओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि पहिलो चरण अन्तर्गत मङ्सिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्