एनआईबिल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचिकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईबिल ग्रोथ फण्ड सूचीकृत भएको छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचिकृत भएको हो ।

सो फण्डको स्टक सिम्बोल एनआइबिएलजिएफ कायम गरिएको छ । फण्डको पहिलो कारोबार मूल्य १० रुपैंया तोकेको छ । दोस्रो बजारमा भोलिदेखि नै कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्