पुसमा साढे ८७ करोड बीमा पोलेसी सरेन्डर: ६ हजार बढी बीमितले त्यागे पोलेसी, नेपाल लाइफको सबैभन्दा धेरै
पुसमा साढे ८७ करोड बीमा पोलेसी सरेन्डर: ६ हजार बढी बीमितले त्यागे पोलेसी, नेपाल लाइफको सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस महिनामा साढे ८७ करोड बराबरको बीमालेख त्याग (पोलेसी सरेन्डर) भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएका तथ्याङ्क अनुसार पुस महिनामा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको बीमालेख त्याग (पोलेसी सरेन्डर) भएको हो । जीवन बीमा गर्ने कम्पनीहरुका ६ हजार ७८२ बीमितहरुले बीमा पोलेसी सरेन्डर गरेका हुन् ।
पुस महिनामा सबैभन्दा धेरै पोलेसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीको ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको पोलेसी सरेन्डर भएको हो । कम्पनीका २ हजार ८३५ जना बीमितले सो रकम बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।
दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का १६७ जना बीमितले ९ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको भने ८ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । पुस महिनामा कम्पनीका ७०२ जना बीमितहरुले बीमा पोलेसी त्याग गरेका छन् ।
सो महिनामा सबैभन्दा कम बीमा सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको देखिएका छ । पुस महिनामा कम्पनीका १० जना बीमितले १० लाख ८४ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका हुन् ।
प्राधिकरणका अनुसार पुस महिनामा राष्ट्रिय बीमा संस्थानका १ हजार ४५ बीमितले ७ करोड ७३ लाख ५७ हजार रुपैयाँ बराबरको बीमा पोलेसी त्याग गरेका छन् ।
त्यसैगरि एशियन लाइफको ३ करोड ६८ लाख ४४ हजार, मेट लाइफको ३ करोड ६ लाख ४१ हजार, प्राइम लाइफको २ करोड १२ लाख ९९ हजार र गुराँस लाइफको २ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यी कम्पनीहरुका क्रमशः४९८ जना, ३२७, ३७० र २४६ जना बीमितले बीमा पोलेसी त्याग गरेका हुन् ।
यस्तै, युनियन लाइफको बीमा सरेन्डर रकम १ करोड ३६ लाख ९३ हजार, सानिमाको १ करोड १३ लाख १६ हजार, सिटिजनको ९६ लाख ७० हजार, आइएमई लाइफको ७४ लाख ८ हजार, रिलायन्स लाइफको ७३ लाख ९७ हजार रुपैयाँ रहेको छ । यी कम्पनीहरुका क्रमशः ९५, ४५, ११३, ५७, ७४ बीमितहरुले बीमा पोलेसी त्याग गरेका हुन् ।
त्यसैगरि पुस महिनामा रिलायबल लाइफका १११ बीमितहरुले ६८ लाख २३ हजार, प्रभुका ३१ जना बीमितले ५५ लाख ९ हजार, सुर्यज्योतिका २३ जनाले ४० लाख १३ हजार र महालक्ष्मी लाइफका ३३ जना बीमितहरुले २५ लाख ६० हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका छन् ।
अन्य कुनको कति ?














