७ श्रावण २०८३, बिहिबार

मायाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे १ लाख आवेदन रद्द हुदाँ २ लाखले पाए १० कित्ता



काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

मायाखोला हाइड्रोले माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्