तपाइलाई पर्यो त मायाखोला हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ ।
कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र आइपीओ बाँडफाँट गर्दा गोलाप्रथाबाट१ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आइपीओ यी ४ तरिकाबाट हेर्ने सकिन्छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटः https://www.prabhucapital.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइटः https://mkhpcl.com.np/













