२५ श्रावण २०८३, सोमबार

३० हजार कम मूल्यमा याडिया इलेक्ट्रिक स्कुटर किन्न पाईने, किस्ताबन्दीका पनि व्यवस्था



काठमाडौं । याडिया स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले एक्सचेञ्ज मेला सुरु गरेको छ ।

कम्पनीले याडिया स्कुटरको खरिदमा ३० हजार रुपैयाँ छुटसहित सो मेला सुरु गरेको हो । याडिया स्कुटर किन्दा ३० हजार रुपैयाँ छुट पाईने भएको छ ।

कम्पनीका अनुसार याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा यस्तो व्यवस्था लागु हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याएर एक्सचेन्ज गर्न सक्नेछन् ।

स्कुटर खरिदमा ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआईको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको बिक्री गर्दै आएको छ ।