नयाँ लघुबीमा आउने भएपछि आक्रामक बन्दै पुराना ठुला कम्पनी, ६६७ प्रतिशतले बढाए व्यवसाय
नयाँ लघुबीमा आउने भएपछि आक्रामक बन्दै पुराना ठुला कम्पनी, ६६७ प्रतिशतले बढाए व्यवसाय
काठमाडौं । पछिल्लो समयमा लघुबीमा व्यवसाय ह्वात्तै वृद्धि भएको छ । ६ महिनामा नै लघुबीमा व्यवासय ६६७ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको पहिलो महिनादेखि पुस मसान्तसम्मा आईपुग्दा लघुबीमा व्यवसाय गर्ने जीवन तथा निर्जीवन कम्पनीहरुले १ अर्ब १८ करोड २९ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत साउन महिनाको तुलनामा ६६७.१७ प्रतिशतले बढी हो ।
नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि ठुला कम्पनीहरु व्यवसाय बढाउन ताएिको जानकारीहरु बताउँछन् । यसअघि लघुबीमा बीमामा खास राम्रो काम हुन सकिरहेको थिएन । प्राधिकरणको तथ्याङ्क अनुसार पुराना ठुला कम्पनीहरुले लघुबीमा व्यवसाय आक्रामक बनाएको देखिन्छ ।
कम्पनीहरुले गत भदौ महिनामा लघुबीमा मार्फत ४० करोड ३३ लाख ८० हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए । सो महिनामा ४१ लाख ५८ हजार २३३ लघुबीमा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, भदौको तुलनामा असोज महिनामा भने ४८.५६ प्रतिशतले बढाएर लघुबीमा मार्फत कम्पनीहरुले ५९ करोड ९२ लाख ७२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले कात्तिकमा ७९ करोड ६८ लाख ६७ हजार रुपैयाँ र मंसिरमा ९८ करोड ४३ लाख ९८ हजार रुपैयाँ लघुबीमा बीमा शुल्क संकलन गरेका छन् ।
नेपालमा लघुबीमा संचालनका लागि प्राधिकरणले छुट्टै कम्पनीहरुले स्थापना गर्न लाईसेन्स दिन लागेको छ । नयाँ लघुबीमा कम्पनीहरुले आउने भएपछि व्यवसाय बढाएको विज्ञहरुले जनाएका छन् । प्राधिकरणले केही महिना अघि मात्र ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न कम्पनीहरु छनोट गरेको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि न्युन आय वर्गका व्यक्तिहरुको जीवनस्तर उकास्न लघुबीमा व्ययवसायले प्रभावकारी भुमिका खेल्ने विज्ञहरुको भनाई छ ।
उल्लेख्य बढ्यो लघु जीवन बीमाः ६ महिनामा उठ्यो सवा अर्ब प्रिमियम, ४३ लाख ८६ हजार बीमालेख बिक्री
चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरुले लघुबीमा मार्फत १ अर्ब १८ करोड २९ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत साउन महिनाको तुलनामा भने ६७४.८१ प्रतिशतले बढी हो ।
गत साउनमा कम्पनीहरुले लघुबीमा मार्फत १५ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । सो अवधिमा कम्पनीहरुले कुल ४३ लाख ८६ हजार ३५४ लघुबीमा बीमालेख बिक्री गरेका छन् ।
गत मंसिरसम्ममा भने कम्पनीहरुले ९५ करोड ३१ लाख १९ हजार रुपैयाँ लघुबीमा बीमा शुल्क आर्जन गरेका थिए । सो महिनासम्ममा कुल ४३ लाख ५७ हजार ८६ बीमालेख जारी भएको थियो ।
यस्तै, चालु आवको कात्तिकमा ७७ करोड ५ लाख ४१ हजार रुपैयाँ, असोजमा ५७ करोड ८३ लाख ८१ हजार र भदौमा ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ प्रियिमम संलकन गरेका थिए । लघुबीमा व्यवसाय गर्ने कम्पनीहरुले भदौ, असोज र कात्तिकमा क्रमशः ४१ लाख ५२ हजार ८२, ४० लाख ७५ हजार ७७३ र ४३ लाख ८ हजार ८६ वटा बीमालेख बिक्री गरेका थिए ।

६ महिनामा ४८२ प्रतिशतले बढ्यो निर्जीवन लघुबीमा, १७ हजार बीमालेख बिक्री
चालु आवको पुस मसान्तसम्ममा निर्जीवन लघुबीमा व्यवसायमा पनि उल्लेख्य सुधार देखिएको छ ।
सो अवधिमा कम्पनीहरुले निर्जीवन लघुबीमा मार्फत ३ करोड ६६ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन चालु आवको पहिलो अर्थात साउन महिनाको तुलनामा भने ४८२.२० प्रतिशतले बढी हो ।
गत साउनमा कम्पनीहरुले यस बीमा मार्फत ६३ लाख ३ हजार रुपैयाँ मात्र प्रिमियम उठाएका थिए । निर्जीवन बीमा मार्फत कम्पनीहरुले मासिक औषतमा ६१ लाख १६ हजार रुपैयाँका दरले बीमा शुल्क संकलन गरेको देखिएको छ ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुले १७ हजार ९०६ वटा निर्जीवन लघुबीमा बीमालेख जारी गरेका थिए । तर, गत साउनमा भने कम्पनीहरुले २ हजार ९०९ बीमालेख बिक्री गरेका थिए।
बीमा प्राधिकरणको तथ्याङ्क अनुसार निर्जीवन लघुबीमा पनि आक्रामक रुपमा बढीको पाईन्छ । कम्पीहरुले भदौमा निर्जीवन लघुबीमा मार्फत १ करोड ३७ लाख ३९ हजार, असोजमा २ करोड ८ लाख ९१ हजार, कात्तिक २ करोड ६३ लाख २६ हजार र मंसिर महिनामा ३ करोड १२ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
कम्पनीहरुले भदौ, असोज, कात्तिक र मंसिरमा क्रमशः ६ हजार १५१, ९ हजार ४१३, १२ हजार ४२२ र १५ हजार ८५ बीमालेख बिक्री गरेका छन् ।














