सुपर माई हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ३७ गुणा बढीको आवेदन
काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा १ अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ २६ गते) सम्ममा १३ लाख ८६ हजार ८०२ जना आवेदकले १ करोड ५४ लाख ६ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ३७.१२ गुणा बढी हो ।
कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई विक्री गरेको थियो । ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरू र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा गरेको थियो ।
कम्पनीको बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ ।













