७ श्रावण २०८३, बिहिबार

नागरिक लगानी कोषको नाफा ५१ करोड बढी, यस्तो देखियो वित्तीय प्रगति



काठमाडौं । नागरिक लगानी कोषले ५१ करोड रुपैयाँ बढी नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कोषले ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३१.७८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कोषले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेसंगै कोषको नाफा बढेको हो । सो अवधिमा कोषले खर्च पनि नियन्त्रण गरेको देखिएको छ । सो अवधिमा कोषको ब्याज आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ८ करोड ८७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको कोषको यस वर्षको सोही अवधिमा भने १३९.३३ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा कोषको ब्याज आम्दानी २१ करोड २४ लाख ८ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको कुल आम्दानी ८३ करोड ४३ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने १५ अर्ब ६२ करोड ११ लाख ३८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी झिनो वृद्धि भई २४ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्