सनराइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड : योजनाको आकार १ अर्ब कायम, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्ड योजना बाँडफाँड भएको छ । गत माघ १० गतेदेखि २४ गतेसम्म निष्काशन भएको सो फण्ड शुक्रबार बाँडफाँड भएको हो ।
इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक २९ हजार ९०३ वटा आवेदनहरु परेको थियो । १० करोड इकाई खरिदका लागि आवेदन परेकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको जनाएको छ ।
बाँडफाँड पछि सन्राइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार १ अर्ब रुपैयाँ कायम गरिएको सनराइज क्यापिटलले जनाएको छ ।
सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको” बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले कोषमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारण लगानीकर्ताहरुका साथै नियामक निकायहरु सबैंमा धन्यवाद समेत दिएको छ ।
यसरी हेर्नुहोस् नतिजा
बांडफांड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट www. sunrisecapital.com.np तथ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालित www. meroshare.cdsc.com.np बाट हेर्न सकिने छ ।













