७ श्रावण २०८३, बिहिबार

एशियन हाइड्रोपावरको आइपीओमा पहिलो दिन मैं १ लाख ६७ हजारको आवेदन



काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओमा १८ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार पहिलो दिन मै कम्पनीको आइपीओमा १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २.७२ गुणा बढी आवेदन हो ।

कम्पनीले आज अर्थात माघ २७ गतेदेखि जारी पूँजी ३४ करोड २४।७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। प्रतिशेयर १०० मूल्यका ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ । त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर भने सार्वजनिक निष्कासन गरेको हो। कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त आइपीओमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गते भित्र आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्