१० श्रावण २०८३, आइतबार

एनएलजी इन्स्योरेन्सको अधिकांश सुचकहरुमा सकरात्मक प्रगति, यस्तो छ वित्तीय अवस्था

एनएलजी इन्स्योरेन्सको अधिकांश सुचकहरुमा सकरात्मक प्रगति, यस्तो छ वित्तीय अवस्था



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले साढे १० करोड रुपैयाँ बढी नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३.६२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २.८५ प्रतिशतले वृद्धि भई ४३ करोड ९३ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, कुल बीमा शुल्क आर्जन भने १ अर्ब २० करोड ३८ लाख ४७ हजार रुपैयाँ रहेको छ । सो अवधिमा जारी बीमालेखको संख्या १ लाख ६५३ र नवीकरण बीमालेखको संख्याको २५ हजार ४०६ रहेको छ ।

सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट १७ करोड ५५ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा कम्पनीको अभिकर्ता कमिशन बापत २ करोड ५७ लाख ४१ हजार रुपैयाँ खर्चिएको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले कुल १ अर्ब १७ करोड ६ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यो संख्यामा भने ४ हजार ६४५ वटा रहेको छ ।

तर, सो अवधिमा कम्पनीले भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७ करोड ५६ लाख ५५ हजार रुपैयाँ देखिएको छ, यो संंख्यामा भने ५ हजार १८५ वटा हो ।

कम्पनीको बीमा कोषको आकार पनि ११.७४ प्रतिशतले वृद्धि भई १ अर्ब २० करोड २९ लाख ५० हजार रुपैयाँ पुगेको छ ।कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले जगेडा तथा कोषमा भने ३४ करोड १६ लाख ९३ हजार रुपैयाँ राखेको छ । महाविपत्ति जगेडामा भने ६ करोड २५ लाख ९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १५ पैसा रहेको छ ।