जीवन बीमा कम्पनीको नाफा: चार वटाले गरे उल्लेख्य सुधार, यस्तो देखियो प्रतिस्पर्धा (सूचीसहित)
जीवन बीमा कम्पनीको नाफा: चार वटाले गरे उल्लेख्य सुधार, यस्तो देखियो प्रतिस्पर्धा (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको खुद नाफामा बढोत्तरी देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ७० प्रतिशतले बढेको छ ।
कम्पनीहरुले चालु आवको ६ महिनामा कुल ३ अर्ब ९ करोड ९५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ७० प्रतिशतले बढी हो । गत वर्ष वर्षको सोही अवधिमा कम्पनीहरुले १ अर्ब ८२ करोड ३१ लाख ३८ हजार रुपैयाँ नाफा गरेका थिए ।
चार कम्पनीको नाफामा उल्लेख्य सुधार, सन नेपाल लाइफको छलाङ
चालु आवको ६ महिनामा चार जीवन बीमा कम्पनीको खुद नाफामा उलेख्य सुधार देखिएको छ । सन नेपाल लाइफ, नेपाल लाइफ, रिलायन्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा आकर्षक बढोत्तरी देखिएको हो ।
सो अवधिमा सबैभन्दा धेरै नाफा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । कम्पनीले चालु आवको ६ महिनामा कम्पनीको नाफा ३४०.९ प्रतिशतले बढेर ३५ करोड ३९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड २ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
नाफा बढाउनेको दोस्रो नम्बरमा रहेको नेपाल लाइफले चालु आवको ६ महिनामा ४४ करोड १ लाख ६० हजार रुपैयाँ कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २३७.२८ प्रतिशतले बढी हो ।
यस्तै, चालु आवको पुस मसान्तसम्ममा रिलायन्स लाइफको ११९.३५ प्रतिशतले वृद्धि भई १६ करोड ६७ लाख ८४ हजार र प्रभु लाइफको १०७.१८ प्रतिशतले बढेर १२ करोड ८२ लाख ६९ हजार रुपैयाँ कायम भएको छ ।
६ कम्पनीको नाफा १५ करोड माथि
चालु आवको पुस मसान्तसम्ममा साट वटा जीवन बीमा कम्पनीको खुद नाफा १५ करोड रुपैयाँ माथि रहेको छ ।
सो अवधिमा सूर्यज्योति लाइफको खुद नाफा २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने ८१.४१ प्रतिशतले बढी हो ।
सो अवधिमा नेशनल लाइफको खुद नाफा २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ, रिलायवल नेपालको २२ करोड ४७ हजार रुपैयाँ, एशियन लाइफ १९ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, प्राइम लाइफले १७ करोड ४७ लाख ४१ हजार, रिलायन्स लाइफ १६ करोड ६७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अन्य कुनको कति ?














