७ श्रावण २०८३, बिहिबार

फरक स्वादसहित कोका-कोला ‘चार्जड्’ बजारमा



काठमाडौं । आफ्नो ब्यापार नेपाल भरी बिस्तार गरी रहेको कोका कोलाले नयाँ स्वाद सहितको ‘चार्जड्’ नाम कोका कोला लन्च गरेको छ ।

काठमाडौंमा ठमेलमा रहेको एलओडी क्लबमा एक कार्यक्रम गर्दै कोका–कोला नेपालले रोमाञ्चक पेय ‘चार्जड्’ को सबैभन्दा ठूलो लन्च गरेको हो । नयाँ ‘चार्जड्’ नामक कोका कोला नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । नयाँ कोका–कोलाले स्थानीय रूपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउने कम्पनीको विश्वास छ । नेपाली उपभोक्ताहरु चाहाना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउदै आइरहेको छ ।

उक्त कोका कोलाले नेपाली भरी रहेका आफ्ना ग्राहकहरुको स्वादलाई अझै रोमाञ्चक बनाउने कम्पनीको भनाइ रहेको छ । विभिन्न रोमाञ्चक गतिविधि सहित उक्त कोका कोलाको लन्च गरी रहेको हो ।

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ । व्यापक बजार परिक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला अत्यन्तै उपयुक्त रहेको छ ।

आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला अत्यन्तै उपयुक्त छ ।

यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ । चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ –बेरी बोल्ट । आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीज्युले भन्नुभयो, “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”

त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भन्नुभयो, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”

चाज्र्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरुलाई सकृय रहन र आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।

चाज्र्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्