७ श्रावण २०८३, बिहिबार

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप



काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप एक दिन लम्बाएको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको कम्पनीले फागुन १ गते सरकारले सार्वजनिक विदा दिएकाले थप एक दिन अवधि थप गरेको हो ।

कम्पनीको आईपीओमा अब बुधवार अर्थात् फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले जारी पूँजी ३४ करोड २४.७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर १०० मूल्यका ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाइ छ । यी वाहेक बाँकी ६ लाख ९७ हजार २०० कित्ता शेयर कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको छ ।

कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन प्राप्त भइसकेकाले भ्याद थप अवधिसम्ममात्र आईपीओ विक्रीमा रहनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्