एफएनसीसीआईले पठायो टर्कीका भुकम्प पीडितहरुका लागि राहत सामग्री
काठमाडौं। टर्कीमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
महासंघकातर्फबाट गृह मन्त्रालय÷राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थल स्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

महासंघले न्यानो कपडा,स्लीपीब व्याग, सेनेटरी प्याड,डाइपर, अन्य मेडिकल सामाग्री,अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट लगायतकका साामाग्री पठाएको छ ।
सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।













