एनआइसी एशियाका ग्राहकलाई आकर्षक सुविधा, केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआइसी एशियाका ग्राहकलाई आकर्षक सुविधा, केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट



काठमाण्डौं । एनआइसी एशिया बैंकका ग्राहकहरूले काठमाडौं, दरबारमार्गस्थित केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे समझदारी भएको छ । सो सम्बन्धी समझदारी पत्रमा बैंककातर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, बैंकका कर्मचारीहरूले भने २५ प्रतिशत छुट पाउने बैंकको भनाइ छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जालमार्फत बैंकले सेवा दिँदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्