७ श्रावण २०८३, बिहिबार

सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने, सेयर पाउन भाग्य कै भर



काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

समय भने अझै तय गरेका छैन । कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्