थप १८ लाख कित्ता आइपीओ आउँदैं, एक कम्पनीले पायो बोर्डबाट अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि ईङवा हाइड्रोपावर लिमिटेडल अनुमति पाएको छ ।
कम्पनीले कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २ गते बोर्डबाट अनुमति पाएको हो । अव कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













