२० श्रावण २०८३, बुधबार

२५ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप: १० बैंकले बढाए ऋणा लगानी, कुनको कति ? (सूचीसहित)



काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाह वृद्धि भएको छ । सो महिनामा बैंकहरुको निक्षेप २५ अर्ब ६ करोड रुपैयाँले वृद्धि भएको छ भने कर्जा प्रवाह ११ अर्ब ८२ करोड रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । संघका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब ३ रुपैयाँ पुगेको कायम भएको छ । यता, कर्जा प्रवाह भने ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

एक दर्जन बैंकको निक्षेप बढ्यो, १० वटाको घट्यो

माघ महिनामा एक दर्जन बैंकको निक्षेप संकलन वृद्धि भएको छ भने १० वटो गिरावट देखिएको छ । बैंकर्स संघका अनुसार माघमा सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकको वृद्धि भएको छ । सो महिनामा बैंकको निक्षेप १२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप थपिएको हो । योसंगै बैंकको कुल निक्षेप ३ खर्ब २१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

माघ महिनामा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १० अर्ब ७६ करोड रुपैयाँ वृद्धि भएको छ । सो महिनामा बैंकको कुल निक्षेप २ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, सो अवधिमा नबिल बैंक र नेपाल बैंक निक्षेप पनि क्रमशः ६ अर्ब २७ करोड रुपैयाँ र ५ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको देखिएको छ ।

त्यसैगरि माघ महिनामा कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी बैंक, सिद्धार्थ, सनराइज, सानिमा, नेपाल एसबिआई बैंकको निक्षेपमा सुधार देखिएको छ ।

१० बैंकको बढ्यो कर्जा लगानी, सबैभन्दा अगाडि एनआईसी एशिया

माघ महिनामा १० वटा बैंकहरुको कर्जा प्रवाह बढेको छ । सो महिनामा सबैभन्दा धेरै कर्जा लगानी एनआईसी एशियाले गरेको देखिएको छ । बैंकले माघमा १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । योसंगै बैंकको कुल कर्जा लगानी २ खर्ब ८२ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ ।

माघ महिनामा लक्ष्मी बैंकको कर्जा लगानी २ अर्ब १७ करोड, कुमारी बैंकको २ अर्ब ७ करोड, सिद्धार्थको १ अर्ब ४७ करोड, एनएमबि बैंकको १ अर्ब ३१ करोड र हिमालयन बैंकको १ अर्ब २० करोड रुपैयाँले कर्जा लगानी वृद्धि भएको हो ।
माघ महिनामा सबै भन्दा धेरै लगानी स्टाण्डर्ड चाटर्ड बैंकको घटेको देखिएको छ । चाटर्डको लगानी २ अर्ब ५८ करोड रुपैयाँले घटेको हो ।

धेरै लगानी घट्नेको दोस्रो स्थानमा प्रभु बैंक छ । माघ महिना प्रभुको लगानी २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा लगानी २ अर्ब १७ करोड रुपैयाँ, नेपाल एमबिआई बैंकको १ अर्ब ४३ करोड, ग्लोबल आइएमई १ खर्ब २५ करोड र कृषि विकासको १ खर्ब २५ करोड रुपैयाँले घटेको छ ।

त्यसैगरि, नबिल बैंकको लगानी १ अर्ब १४ करोड रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब ९ करोड, सिटिजन्स बैंकको ४२ करोड, सानिमा २४ करोड रुपैयाँ र सिभिल बैंकको लगानी ६ करोड रुपैयाँले घटेको देखिएको छ ।

यस्तो छ बैंकहरुको कर्जा लगानीको अवस्था