७ श्रावण २०८३, बिहिबार

सुपर माई हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडकोे आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट गरेको छ ।

कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भने १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएको थियो । गोलाप्रथाबाट बाँडफाँट गर्दा कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले पाएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटः https://www.sanima.capital/

सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login

कम्पनीको बेवसाइटः http://www.supermaihydro.com.np/


प्रतिक्रिया दिनुहोस्