माथिल्लो मैलुङ खोला जलविद्युतले आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग गर्दै एक कम्पनीले आवेदन दिएको छ । फागुन ३ गते माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासन माग गर्दै बोर्डमा आवेदन दिएका हो ।
कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली कामदा र दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुला गर्ने छ ।
कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।













