१० श्रावण २०८३, आइतबार

हिमालयन एभरेस्टको डिजिएममा अर्याल नियुक्त 

हिमालयन एभरेस्टको डिजिएममा अर्याल नियुक्त 



काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको डिजिएममा सञ्जय अर्याल नियुक्त भएका छन् । अर्याल यही फागुन १ गतेदेखि कम्पनीको डिजिएममा नियुक्त भएका हुन् । 

बीमा क्षेत्रमा २८ वर्ष अनुभव सँगालेका अर्याल नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सका एजिएमबाट राजीनामा गरेर हिमालयन एभरेस्ट गएका हुन् । 

नेपाल इन्स्योरेन्स कम्पनीमा २८ वर्ष बिताएका अर्याल बीमा मार्केटिङमा राम्रो दक्खल राख्छन् । उनलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले स्वागत गरे ।